९औं जिल्ला स्तरीय टेबल टेनिस प्रतियोगिताको आयोजना

IMG-20260720-WA0070

खरसाङ: खरसाङ अनि पहाडका नै एक प्रतिष्ठित एवं अग्रणी खेलकूद संस्था खरसाङ महकुमा खेलकूद संघको आयोजनामा ९औं जिल्ला स्तरीय टेबल टेनिस प्रतियोगिता यहाँको सन्त अल्फन्सेस विद्यालयको हलमा सम्पन्न भएको छ। यस 9 औं जिल्ला स्तरीय टेबल टेनिस प्रतियोगितामा खरसाङ अनि यसका वरिपरिबाट टेबल टेनिस खेलाडीहरु साथै विद्यालयले भाग लिएका थिए भने कालेबुङ, सिलगढी, मिरिक, दार्जीलिङ अनि सिक्किमबाट पनि प्रतियोगीहरु आएका थिए। विगत वर्षहरुमा यस प्रतियोगितामा अन्डर १६ बोयज, गल्स ओपन अनि मेन्स ओपन वर्गमा मात्र खेलहरु खेलाइन्थ्यो भने यस वर्षदेखि भेटरेन वर्गको प्रतियोगितालाई सामेल गरिएको थियो। यस वर्ष यी सबै वर्गमा जम्मा ८५ जना प्रतियोगीहरुले सहभागिता जनाएका थिए। ९औं जिल्ला स्तरीय टेबल टेनिस प्रतियोगितामा आमन्त्रित अतिथिहरुमा वरिष्ठ अधिवक्ता रमेश अग्रवाल, अन्तर्राष्ट्रिय बडी बिल्डिङ निर्णायक एवं पूर्व खरसाङ नगरपालिका उपाध्यक्ष संजय छेत्री, खरसाङ एथ्लेटिक क्लबका अजय गुरुङ, पूर्व आकाशवाणी समाचार विभागका सह निर्देशक एसबी सुनवार, खरसाङ महकुमा खेलकूद संघका अध्यक्ष मोहन योन्जन लगायत अनान्याको उपस्थिति रहेको थियो।
अन्डर १६ बोयजको फाइनलमा सेन्ट पल्स, दार्जीलिङका विक्रान्त श्रीवास्तवले कालेबुङ जिल्ला टेबल टेनिस संघका मृगान्शु मिश्रालाई ४ सेट सम्म चलेको खेलमा ३-१ ले पराजित गरि खिताब जिते भने गल्स ओपनको खिताब सयोनिशा चाकीले आफ्नै एकडेमी टिस्टा तोर्सा, सिलगडीका मित्र आकृती सारा तिर्कीलाई सिधा सेटमा पराजित गरि जितेl उसरी नै मेन्स ओपनको खिताब गुरु चेला माझ सम्पन्न भयो, गुरु याकुब तामाङ लाई ५ सेट सम्म चलेको खेलमा ३-२2 ले बिजय हासिल गर्दै चेला विपिन प्रधानले यो वर्गको खिताब आफ्नो झोलीमा हाले भने ४० वर्षदेखि माथिको भेटरेन वर्गमा कालेबुङका युगेन छिरिङ लेप्चाले खरसाङका लाम्बर्ट सिंहलाई पराजित गरेl बिजेता अनि उप बिजेताहरुलाई उपस्थित अथितिहरुको बाहुलीबाट आकर्षक ट्रफीको साथ नगद रुपियाँ प्रदान गरि पुरस्कृत गरियो। अन्डर १६ बोयजको बिजेतालाई आकर्षक ट्रफीको साथ नगद रुपियाँ ४ हजार, उप बिजेतालाई २ हजार, गल्स वर्गका बिजेतालाई ३ हजार, उप बिजेतालाई २ हजार अनि मेन्स ओपन वर्गका विजेतालाई ५ हजार अनि उप विजेतालाई रु ३ हजार नगद राशी पनि प्रदान गरियो।‌ सिलगढीकी देवनजाना छेत्रीलाई सबै भन्दा कम उमेरकी प्रतियोगी रहेकोले तिनलाई आगामी भविष्यको निम्ति हौशला अनि उत्साह प्रदान गर्ने उदेश्यले खेलकूद संघको तर्फाबाट नगद 1 हजार खादा लगाई प्रदान गरियो। भेटरेन वर्गमा भने कुनै नगद पुरष्कार राखिएको थिएन। ज्ञात रहोस खरसाङ महकुमा खेलकूद संघले प्रति वर्ष एउटा खेलकूद तालिका तयार गरेर तेसै अनुरुप विभिन्न खेलकूद प्रतियोगिताहरुले आयोजना गर्ने गर्छन्।

सचिव निर्मल गुरुङले जानकारी दिए अनुसार अब संघ आगामी ८० औं स्वतन्त्रता दिवस नक् आउट फूटबल प्रतियोगिता अनि आफ्नो स्थापना काल १९६० देखि नै पुरुष अनि महिला वर्गमा आयोजना गर्दै आईरहेको म्याराथन दौड प्रतियोगिताको तयारीमा लाग्ने भनी‌ बताए। स्वतन्त्रता दिवस नक् आउट फूटबल प्रतियोगितामा भाग लिने इच्छुक दलहरुले आगामी ३१ जुलाईभित्र आ आफ्नो नाम दर्ता गराई सक्नु पर्नेछ भने म्याराथन दौड प्रतियोगितालाई लिएर अन लाइन रेजिस्ट्रेसन खुल्ला छ भने ऑफ़ लाइन अगस्ट महिनाको पहिला सातादेखि शुरु हुनेछ।

About Author

Advertisement