खरसाङ: भारतीय सेनामा ३० वर्ष सेवा गरेर अवकाशप्राप्त भएका खरसाङ महकुमा अन्तर्गत सिटोङ दुई अप्पर मामरिङ निवासी अनरेरी कप्तान दिनेश मुखियालाई परिवार पक्ष र स्थानीयहरुले सम्वर्ध्दना जनाएका छन्। दिनेश मुखिया २८ जून १९९६ मा सेकेण्ड जेके राईफल्समा भर्ना भएर गएका थिए भने उनी विस्तारै लेस नायक, नायक, हवल्दार, नायक सुबेदार, सुबेदार हुँदै अनरेरी कप्तान भएर यस वर्ष २०२६ मा अवकाशप्राप्त भएका थिए। उनले भारतीय सेनामा जम्मा ३० वर्ष सेवा गरेका थिए। भारतीय सेनामा ३० वर्ष सेवा गरेर अवकाशप्राप्त भई घर आएका अनरेरी कप्तान दिनेश मुखियालाई परिवार र आफन्तहरु साथै स्थानीय गाउँ समाजले सम्मान जनाएका छन्। यस अवसरमा उनलाई खदार्पणसहित स्मृति चिन्ह र मायाको चिनो प्रदान गरेर सम्वर्ध्दना जनाइएको छ। यस विषयमा तिमोथी मुखियाले विस्तृत रुपमा जानकारी गराएका छन्।










