८०औँ स्वतन्त्रता दिवसमा प्रधानमन्त्री मोदीको घोषणा: ‘कन्सर्ट इकोनोमी’ र एआईमा भारतलाई विश्वकै अग्रणी बनाइने

Screenshot_20260816_002407_Google

​नयाँ दिल्ली: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको ८० औँ स्वतन्त्रता दिवसका अवसरमा लाल किल्लाको प्राचीरबाट सम्बोधन गर्दै भारतको ‘सफ्ट पावर’ र ‘कन्सर्ट इकोनोमी’ लाई विश्वव्यापी रूपमा नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। सम्बोधनका क्रममा उनले अहिले विश्वका हरेक साङ्गीतिक तथा सांस्कृतिक कलाकारहरू भारतमा आएर आफ्नो कला प्रस्तुत गर्न उत्सुक रहेको बताए।
​प्रधानमन्त्री मोदीले देशको प्रविधि र युवा शक्तिलाई प्राथमिकतामा राख्दै आगामी १ वर्षभित्र १ करोड युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्किलको नि:शुल्क तालिम दिइने घोषणा गरे। यसका साथै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका प्रगतिबारे चर्चा गर्दै बितिसकेका १२ वर्षमा देशमा ६५० भन्दा बढी नयाँ विश्वविद्यालय सञ्चालनमा आएको र मेडिकल सिटहरूमा भारी वृद्धि गरिएको जानकारी दिए। सम्बोधनको अन्त्यमा उनले विश्वभर इन्धनको हतियारकरण भइरहेको अवस्थामा भारत ऊर्जा क्षेत्रमा पूर्ण रूपमा आत्मनिर्भर बन्नु अनिवार्य रहेको धारणा राखे।

About Author

Advertisement