८०औँ स्वतन्त्रता दिवसमा मुख्यमन्त्रीद्वारा शुभकामना

FB_IMG_1786822072115

विकसित भारत’ निर्माणमा सिक्किमको भूमिका रहने

गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामागं (गोले)ले भारतको ८०औँ स्वतन्त्रता दिवसको पावन अवसरमा सिक्किमेली जनताका साथै सम्पूर्ण देशवासीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
​सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गोलेले स्वतन्त्रता सेनानीहरूको बलिदानको स्मरण र सम्मान गर्न आह्वान गरेका छन्। उनले देशलाई एउटै सूत्रमा बाँध्ने एकता, लोकतन्त्र र राष्ट्रभक्तिको भावनालाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्।
​”एउटा सशक्त, समृद्ध र विकसित भारत निर्माणको यात्रामा सिक्किमले सदैव अर्थपूर्ण योगदान दिनेछ,” उनले भने।
​मुख्यमन्त्री गोलेले आफ्नो धनी सम्पदामा आधारित रहेर शान्तिपूर्ण, प्रगतिशील र समृद्ध सिक्किम निर्माणका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

About Author

Advertisement