पाकिम: भोलि पालन गरिने 78औं स्वतन्त्रता दिवसको अवसरमा पाकिम जिल्लाका जिल्लापाल अगवाने रोहन रमेशले आज भिन्नै रूपमा सक्षम विद्यार्थी नानीहरूलाई भ्रमणको निम्ति झण्डा हल्लाएर प्रस्थान गराए। तिरंगा यात्रा अन्तर्गत आयोजित यस भ्रमणको शुरूवात पाकिम जिल्लाको जिल्ला प्रशासनिक केन्द्र परिसरमा गरियो।यस भ्रमणमा 35 जना विद्यार्थी, चारजना शिक्षकलगायत अन्य अधिकारीहरू सामेल रहेका छन्। नानीहरूलाई रांका गुम्बा र सरम्सा गार्डनको भ्रमण गराइने बताइएको छ।










