मंगन पब्लिक ग्राउण्डमा सर सफाई

n626615592172366130331720ae43c7c684401c760475347eebf71a53322622878526d5a1d3b7901f3a4aeb

मंगन: मंगन जिल्लाको आगयेन एसएचजी, छोटाङ एसएचजी र मंगन नगर पञ्चायतको संयुक्त पहलमा आज मंगन पब्लिक ग्राउण्डमा सर सफाई कार्यक्रम आयोजना गरियो। विशेष गरेर भोलि पालन गरिने स्वतन्त्रता दिवस समारोहलाई लक्ष्य राख्दै सर सफाई आयोजना गरिएको बताइएको छ। यो कार्यक्रम मुख्यमन्त्री प्रेमसिंह तामाङको भिजन स्वच्छ शहर अभियान अन्तर्गत आयोजना गरिएको हो। गत केही दिन अघिदेखि उक्त खेल मैदानमा चलिरहेको फुटबल प्रतियोगिता अवधि मैला थुप्रिएको थियो। मानिसहरूलाई जताततै मैला नफ्याँक्न आग्रह गरिएको छ। यहॉं साफ सफाई सुनिश्चित गर्न आगामी दिनमा डस्टबिन उपलब्ध गराउने बताइएको छ।

About Author

Advertisement