खरसाङ: गोर्खा जन पुस्तकाल, खरसाङले देशको ७७ औं स्वतन्त्रता दिवस अनि कप्तान रामसिंह ठकुरीको जन्मजयन्ती पालन गऱ्यो। बिहान ८ बजी सचिव विनोद रसाइली, वरिष्ठ कार्यकारी सदस्य अदीपकुमार रोका, अरुण लामा, प्रसन्नजीत छेत्री लगायत अन्य सदस्यहरूका उपस्थितिमा राष्ट्रिय झण्डारोहण गर्दै पुस्तकालयले यस वर्ष ७७- औँ स्वतन्त्रता दिवस पालन गऱ्यो।राष्ट्रिय गीतपछि फहराइरहेको राष्ट्रिय झण्डालाई एकसाथ सलामी दिएपछि वन्देमातरम् अनि जय हिन्दको नारा सबैले बुलन्द गरे।त्यसपछि सचिवले स्वतन्त्रता दिवस र शहीद लगायत देशका स्वतन्त्रता सेनानीहरूका नाम स्मरण गर्दै श्रद्धासुमन अर्पण गरियो।त्यसको लगत्तैपछि कप्तान रामसिंह ठकुरी पथ, नयाँ बजार स्थित कप्तान रामसिंह ठकुरीको सालिकमा धुपदीप प्रज्ज्वलन गरी ठकुरीको ११०औँ जन्म जयन्ती पनि यीनै सदस्यहरूका उपस्थितिमा पालन गरियो।आज हिन्द फौजमा रही देशको स्वतन्त्रता आन्दोलनमा समर्पित कप्तान रामसिंह ठकुरी राष्ट्रिय गीत जन गण मन-का सङ्गीतकार पनि थिए। यस्ता प्रतिभाका धनी तथा महान व्यक्तित्वको जन्मदिन स्वतन्त्रता दिवसको दिन परेको हुनाले सामान्य रूपमा पालन गर्नुयरेको दुखेसो पनि सचिवले व्यक्त गरे।

यसबाहेक आउँदो २० अगस्तको दिन ३२औँ नेपाली भाषा मान्यता दिवस पनि गोजपुले पालन गर्ने कुरो तिनले जनाएका छन्।यस अवसरमा पुस्तकालयले प्रत्येक वर्ष प्रदान प्रदान गरिने शैक्षिक योग्यता पुरस्कारहरू पनि प्रदान गरिनेछ।विभिन्न परीक्षाहरूमा सर्वोच्च अंक प्राप्त गर्ने विद्यार्थीहरूका नाम सङ्ग्रह गर्नुलाई प्राय: खरसाङ महकुमा क्षेत्रका सबै विद्यालयहरूसँग पत्राचार गरिएको भए तापनि केही स्कुलहरूले अझैसम्म उक्त सूची पठाएका छैनन्।यसर्थ आउँदो १७ तारिक भित्र उक्त सूची पठाइदिवोस भनी सचिवले यसै विज्ञप्तिमार्फत विद्यालयहरूलाई जनाएका छन्।कुनै विद्यार्थी छुट्न गए पुस्तकालय जिम्मेवार नरहने कुरा पनि उनले जनाएका छन्।










