सिलगढी: पुलिस कमिश्नरेट अन्तर्गत पर्ने प्रधान नगर थाना पुलिसले एक विशेष सूचनाको आधारमा सिलिगुडी जङ्क्सन क्षेत्रमा छापामारी गरी एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इस्लामपुरको गोमाडिघी निवासी २८ वर्षीय नसिरुल हक रहेका छन्।
प्रहरीले खानतलासी गर्दा उनको साथबाट ६० बोतल प्रतिबन्धित कफ सिरप बरामद गरी जफत गरेको छ। यस सम्बन्धमा प्रधान नगर थानामा नार्कोटिक ड्रग्स एन्ड साइकोट्रोपिक सब्सटेन्सेस ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। प्रहरीका अनुसार एनडीपीएस ऐनका प्रावधानहरू कडाइका साथ पालना गर्दै सबै कानुनी प्रक्रियाहरू पूरा गरिएका छन् र यस विषयमा थप अनुसन्धान जारी छ।










