​२ सय ५० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

FB_IMG_1784294963818

सिलगढी: सिलगढी पुलिसले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
न्यू जलपाईगुडी (एनजेपी) थानाको पुलिस टोलीले विशेष सूचनाका आधारमा तीनबत्ती मोड बसपार्क नजिकै छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
​पक्राउ पर्नेहरूमा उत्तर दिनाजपुरको इस्लामपुर निवासी २३ वर्षीय मामुन राजा र २५ वर्षीय खारिबुल आलम रहेका छन्। पुलिसका अनुसार उनीहरूको साथबाट २५० ग्राम ब्राउन सुगर, दुई थान मोबाइल र ९३० रुपैयाँ नगद बरामद गरिएको छ।
​पक्राउ परेका दुवै जना विरुद्ध न्यू जलपाईगुडी थानामा लागुऔषध नियन्त्रण ऐन (एनडीपीएस एक्ट) अन्तर्गत मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

About Author

Advertisement