२६ लाख रुपियाँ हिनामिनाको आरोप आधारहिन रहेको तृणमूलको दाबी

4d48f7c7-6080-45e7-98e2-242d04dc6935

कालचिनीः कालचिनी ग्राम पञ्चायतमा २६ लाख रुपियाँको हिनामिना भएको आरोप वर्तमान कंग्रेस नेता तथा पञ्चायत सदस्य पासाङ लामाले लगाउँदै यसको स्पष्टीकरण दिनु पर्ने दाबी कालचिनी बीडीओ समक्ष गरेपछि यस मामलालाई लिएर निकै खैलाबैला मच्चिएको छ। यस क्रममा पासाङ लामाले लगाएको यो सम्पूर्ण आरोप आधारहिन रहेको तृणमूल कालचिनी अञ्चलका नेताहरूले शनिबार पत्रकार सम्मेलन मार्फत जनाएका छन्।
पासाङ लामा यस अघिको बोर्डमा आफै सञ्चालक रहेको र तिनले के के गरेका छन् त्यो पनि खोजी लिनु पर्ने समय आएको र भर्खरै नयाँ बोर्ड बनेको प्रधान र उपप्रधान एवम् नयाँ कमिटीलाई यसबारे कुनै जानकारी नभएको बताएका छन्। यस क्रममा कालचिनी स्थित तृणमूल ब्लक कार्यालयमा सम्पन्न पत्रकार सम्मेलनमा तृणमूल कालचिनी अञ्चल चेयरम्यान अतिश छेत्री, अञ्चल सभापति शंकर कुजूर र उपप्रधान जोगेन्दर साहाले अर्थहीन कुरा गर्न भन्दा पहिला सोँच्न पर्ने र घोटाला हिनामिना भएको भए त्यसको जाँच हुने तर भर्खरै मात्र बनेको नयाँ बोर्डलाई यसको कुनै जानकारी नभएको जनाएका छन्। नयाँ बोर्डलाई पनि विभिन्न आरोप लगाउने काम गरेको जबकि नयाँ बोर्डको पूर्णाङ्ग समिति नबनेको भन्दै जो चोर उसैको ठूलो शोर भन्दै कहाँ भ्रष्टाचार भएको छ यसको सम्पूर्ण जाँच हुने तृणमूल कालचिनी अञ्चल सभापति शंकर कुजूरले जनाएका छन्।

About Author

Advertisement