कोरोनेशन ब्रिजबाट स्वच्छ भारत अभियान शुरु

b4962f6f-3f94-4b6c-b14a-d207adf9e32c

मालबजारः मङपङ सेना वाहिनी र चिल्ड्रेन होम इग्लिस  स्कुल आशावारीको संयुक्त आयोजनामा ​​शनिबार बिहान कोरोनेशन ब्रिज क्षेत्रमा स्वच्छ भारत अभियान सुरु गरिएको छ। स्कुलका बालबालिका, शिक्षक र सेनाका जवानहरूले मिलेर पुल वरिपरि रहेको फोहोर सफा गरी सरसफाईको सन्देश दिएका थिए। केटाकेटीहरूले पोस्टर बोकेर पुल नजिकै उभिएर स्वच्छ भारत अभियानलाई पालना गर्न मानिसहरूलाई अपील गरे। दुइदिने कार्यक्रमको पहिलो दिन चित्रकला प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रिन्सिपल अनिलकुमार थापाले बताएका छन् । प्रतियोगितामा ४२ जना बालबालिकाको सहभागिता रहेको थियो जसमा प्रथम, दोस्रो र तेस्रो हुने क्रमशः अनीस शर्मा, विनिता मिञ्ज र पार्वती तामाङलाई प्रदान गरिएको थियो भने ३९ जना सहभागीलाई सान्त्वना पुरस्कार प्रदान गरी उनीहरूको मनोबल बढाइएको थियो । हाम्रो देशलाई सफा राख्न यो कार्यक्रम आयोजना गरिएको हो । मङपङ सेना वाहिनीद्वारा धेरै सहयोग गरेको थियो।

About Author

Advertisement