कोलकाता: इतिहासको क्रमलाई हेर्दा २६ अप्रिलको दिन अनेक महत्वपूर्ण घटनाहरूको साक्षी बन्यो। साथै वर्तमान समयमा पनि यो दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाका कारण उल्लेखनीय बन्यो।
ऐतिहासिक घटनाक्रमहरू:
अन्तरिक्ष विज्ञान (१९६२): अमेरिकाको पहिलो अन्तरिक्ष यान ‘रेन्जर–४’ चन्द्रमाको सतहमा अवतरण। यद्यपि, प्राविधिक गडबडीले गर्दा यसले तस्बिर पठाउन सकेन।
परमाणु दुर्घटना (१९८६): तत्कालीन सोभियत संघ (हालको युक्रेन) को चेर्नोबिल मा भयानक आणविक दुर्घटना, जसले विश्वव्यापी रेडियोधर्मी त्रास फैलायो।
गणित (१९२०): महान् गणितज्ञ श्रीनिवास रामानुजन को निधन।
महात्मा गान्धी (१९०३): दक्षिण अफ्रिकामा वकालत सुरु र ‘ब्रिटिस इन्डियन एसोसिएसन’ को स्थापना।
शिक्षा (१७५५): रुसको पहिलो विश्वविद्यालय मस्कोमा स्थापना।
युद्ध र द्वन्द्व:
१६५४: यहुदी समुदायलाई ब्राजिलबाट देशनिकाला।
१८२८: रुसद्वारा टर्की विरुद्ध युद्ध घोषणा।
१९५९: क्युबाद्वारा पनामामाथि आक्रमण।
विश्व कीर्तिमान (१९९०): भिआरपी मेननद्वारा लगातार ४६३ घण्टा डिस्को डान्स गरी कीर्तिमान कायम।
२०२५:
१. कूटनीति र शोक
पोप फ्रान्सिसको अन्त्येष्टि: भ्याटिकन सिटीमा पोप फ्रान्सिसको अन्त्येष्टि सम्पन्न। भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसहित १३० देशका नेताहरू सहभागी। भारतमा यस दिन राजकीय शोक मनाइयो।
२. दुर्घटना र सुरक्षा चुनौती
इरानमा विस्फोट: बन्दर अब्बासस्थित ‘शाहिद राजाई’ पोर्टमा भीषण विस्फोट हुँदा २५ जनाको मृत्यु र ८०० भन्दा बढी घाइते।
जम्मु–कश्मीर सुरक्षा: कुपवाडामा आतंकवादी ठेगाना ध्वस्त, ठूलो परिमाणमा हतियार बरामद। पहलगाम हमलापछि सुरक्षा सतर्कता उच्च, अमेरिकी गुप्तचर प्रमुख तुल्सी गब्बार्डद्वारा सहयोगको प्रतिबद्धता।
क्यानडा हमला: भ्यान्कुभरमा भीडमाथि कार कुदाउँदा ९ जनाको मृत्यु।
नाइजर: स्लामिस्ट लडाकुसँगको झडपमा १२ सैनिकको मृत्यु।
३. भारत–पाकिस्तान जल विवाद
सिन्धु जल सम्झौता: भारतले सम्झौता निलम्बन गरेपछि झेलम नदीको बहाव बढ्दा पाकिस्तान प्रशासित कश्मीरमा बाढीको जोखिम। भारतले सिन्धुको पानी पाकिस्तान जान नदिने रणनीति अख्तियार गरेको।
४. धार्मिक तथा सांस्कृतिक पुनर्जागरण
कैलाश मानसरोवर यात्रा: ५ वर्षको अन्तरालपछि भारत सरकारद्वारा यात्रा पुनः सुरु गर्ने घोषणा र आवेदन खुला। यात्रा आगामी जुनदेखि सुरु हुने।
५. क्षेत्रीय विवाद र रक्षा
दक्षिण चीन सागर: चीनद्वारा विवादित ‘स्यान्डी के रीफ’ नियन्त्रणमा।
राफेल विमान खरिद: भारत र फ्रान्सबीच २६ वटा राफेल–एम जेटका लागि ६३ हजार करोडको सम्झौता अन्तिम चरणमा।
६. खेलकुद (आईपीएल २०२५)
कोलकाता नाइट राइडर्स र पन्जाब किंग्सबीचको खेल वर्षाका कारण रद्द।










