२२.४३० किलोको भारतीय प्रजातिको अजिङ्गर उद्धार

e4860113-54e5-4930-b360-b843914dae99

खरसाङ: मङपूको रेसेप भानुटोलस्थित दीपेन भुजेलको बारीमा रहेको इश्कुसको झ्याङबाट लगभग २२ किलो ४२० ग्राम तौलको भारतीय अजिङ्गर (इंडियन रॉक पाइथन) लाई सिन्चेल वाइल्डलाइफ ईस्ट का वनकर्मीहरूले सफलतापूर्वक उद्धार गरेका छन्। सिन्चेल वाइल्डलाइफ ईस्टका फरेस्ट रेन्जर प्रिय ब्लोनको नेतृत्वमा पुगेको टोलीले सुरक्षित रूपमा अजिङ्गरलाई नियन्त्रणमा लिएर आवश्यक व्यवस्थापनका लागि लगेको हो। स्थानीय स्रोतका अनुसार मङपू वन विभागले यसअघि पनि यस क्षेत्रमा धेरै भारतीय अजिङ्गर उद्धार गरिसकेको भए पनि, यस पटक उद्धार गरिएको अजिङ्गर हालसम्मकै सबैभन्दा ठूलो रहेको बताइएको छ। अजिङ्गरलाई कुनै क्षति नपुर्‍याई सुरक्षित रूपमा उद्धार गरेकोमा स्थानीय गाउँवासीहरूले वनकर्मीहरूको टोलीप्रति आभार व्यक्त गरेका छन्।

About Author

Advertisement