खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समिति र तीनधारे महानदी समष्टिको जोनल कमिटीको आयोजनामा महानदी तीनधारे जोनल कमिटीको विभिन्न युनिट कमिटीको भ्रमण साथै भेटघाट कार्यक्रम अन्तर्गत तीनधारे चियाबारी र जोगमाया चियाबारीमा सभा साथै प्रतिनिधिहरुसित भेटघाट कार्यक्रम सम्पन्न भएको छ। यस क्रममा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, महासचिव जनक छेत्री, तीनधारे महानदी जोनल कमिटीको संयोजक राजेस थापा लगायत अन्यहरुले तीनधारे चियाबारी र जोगमाया चियाबारीमा भ्रमण साथै भेटघाट गरेका छन्। विशेष गरेर चुनाव परिणापछि कुनै भेटघाट नभएकोले सबै युनिट कमिटीको पदाधिकारीहरुसित भेटघाट र सांगठनिक गतिविधि विषयमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। उक्त टोलीले तीनधारे चियाबारी र जोगमाया चियाबारीमा पुगेर युनिट कमिटीको पदाधिकारीहरुसित भेटघाट गरेका छन्। यस विषयमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले जानकारी दिए अनुसार तीनधारे चियाबारीमा कोमल कमिटीका सुकवीर राई र महकुमा सदस्य सनबहादुर तामाङ, सुभम प्रधान आदि उपस्थित रहेका थिए। उनले बताए अनुसार तीनधारे चियाबारी संगठन ठीकै रहेको र काम पनि भईरहेको साथै गत 20 दिन अघि प्रवन्धन पक्षसित बसेर सभा पनि गरेको साथै जोनललाई यहाँबाट एकजना सदस्य दिने र यसको लागि सभा बसेर तय गर्ने भएको छ। यसको साथै उक्त टोलीले जोगमाया चियाबारीको पनि भ्रमण गरेका छन्। यसावधि जोगमाया चियाबारीमा सुरज मंगर, देवेन मंगर लगायत अन्यहरु उपस्थित रहेको र जोगमाया चियाबारीमा पनि हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको संगठन सठीक रुपमा चलिरहेको सागर गुरुङले जानकारी दिएका छन्। उनले बताए अनुसार जोगमाया चियाबारीको समस्या लिएर पनि युनियनको युनिट कमिटीको तर्फबाट प्रबन्धन पक्षसित सभा बसेको र जोगमाया चियाबारीको समस्याहरु लिएर आगामी दिनमा पनि प्रवन्धन पक्षसित सभा बस्ने भएको जानकारी प्राप्त भएको छ। उनले यो भेटघाट र भ्रमणको क्रम अझ जारी रहने बताए। उनले बताए अनुसार तीनधारे महानदी जोनल कमिटीपछि खरसाङ गिध्द पहाड, पंखाबारी अम्बटे लङ्भ्यू, टुंग सन्तमेरिज, सोनादा पचेङ, तकदाह टिस्टाभेल्ली साथै तराई क्षेत्रमा पनि युनिट कमिटीको पदाधिकारीहरुसित भेटघाट गरिने भएको छ। खरसाङ महकुमा अन्तर्गत पर्ने सबै युनिट कमिटीहरुमा भेटघाट र सांगठनिक गतिविधिलाई अघि बढाउन काम गरिने बताएका छन्।









