दार्जीलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले २०२३ वर्षको क्यालेन्डर सार्वजनिक गर्यो। जीटीए क्षेत्रको घर घरमा क्यालेन्डर पुग्नेछ भनी पार्टीका महासचिव अमर लामाले जनाए। उनले भने, “२०२३ साल हामी पञ्चायती राज वर्ष भनी मनाउदैछौ। धेरै वर्षको अन्तराल पछि पार्टी अनि पार्टीको अध्यक्षको अथक पहल पछि राज्य सरकारले पहाडमा पञ्चायती चुनाव गराउने भएको हो। त्यसैले हामीले यो वर्षलाई पञ्चायती राज वर्ष भनी मनाउदैछौ।










