अण्डर-१७ र भेटरन्स वर्गमा फर्स्ट विण्टर कप फूटबल शुरु

राजफाप्री वरियर्स क्लबको तत्त्वावधानमा आजदेखि दुईवटा वर्ग (अण्डर-१७ अनि भेटरन्स)-मा फर्स्ट विण्टर कप नक्आउट फूटबल टुर्नामेण्ट शुरु गरियो। सहायक फाउण्डेशनको साथ मिलेर आयोजन गरिएको यी दुईवटा टुर्नामेण्टको पहिलो दिन जम्मा तीनवटा म्याच खेलियो। सालुगढ़ा नजिक खोलाचन्द फाप्री खेल मैदानमा आज भएको अण्डर-१७ टुर्नामेण्टमा युनाइटेड सिक्किम फूटबल एकाडमी र लिम्बु बस्ती युनाइटेड एफसी-ले आ-आफ्नो म्याच जितेर क्वार्टर फाइनलमा स्थान बनायो। यसरी नै भेटरन्स वर्गमा (४०+) वरियर्स एफसी बाघडुग्राले सिटोंग एफसी-लाई पराजित गरी क्वार्टर फाइनलमा स्थान बनायो। यसरी नै यूकेएफसी भेटरन्स र कालेबुङ भेटरन्स दुवै टीम नआउँदा दोस्रो म्याच चाहिँ रद्द गरियो। आज पहिलो दिन मुख्य अतिथिको रूपमा भारतीय फूटबल टीमका पूर्व कप्तान भाइचुङ भूटिया अनि खेल सामग्री निर्माता कम्पनी सिल्को-का कर्णधार खोकन भट्टाचार्य उपस्थित थिए। अण्डर-१७ वर्गमा जम्मा १२ वटा टीमलाई स्थान दिइएको छ। यसरी नै भेटरन्स वर्गमा जम्मा १४ वटा टीमलाई प्रवेश दिइएको छ। दुवै वर्गको सेमिफाइनल म्याचहरू २१ जनवरीमा हुनेछ। यसरी नै फाइनल २४ जनवरीमा खेलिनेछ। भेटरन्स वर्गमा (४०+) च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। अण्डर-१७ वर्गमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २२ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement