१ जनवरीदेखि सिलगढीमा राष्ट्रिय स्तरको टेनिस प्रतियोगिता शुरु हुँदै

IMG-20231231-WA0187

सिलगढी: अखिल भारतीय टेनिस संघ र बंगाल टेनिस संघको आयोजनामा ​​सिलगढी जिमखाना क्लबमा १ जनवरीदेखि ५ जनवरी २०२४ सम्म अल इण्डिया मनि प्राइज पुरुष व्यावसायिक टेनिस प्रतियोगिता चलिरहेको छ। भारतका विभिन्न राज्यहरू जस्तै तमिलनाडु, कर्नाटक, दिल्ली, महाराष्ट्र, असम, ओरिसा, तेलंगाना, हिमाचल प्रदेश, मध्य प्रदेश, गुजरातबाहेक आयोजक पश्चिम बंगालका शीर्ष स्थानमा रहेका खेलाडीहरूलाई यस प्रतियोगितामा एकसाथ देखिनेछन्l यो प्रतियोगिता सिलगढीमा सबैभन्दा ठूलो कार्यक्रम मानिएको छ। प्रतियोगिताका  निर्देशक रोशनकान्त घिसिङले सिलगढीको इतिहासमा यो पहिलो पटक बृहत रुपमा राष्ट्रिय प्रतियोगिता हुन लागेको बताएका छन्l यस पूर्वोत्तर क्षेत्रका खेलाडीहरूको मनोबल अवश्य बढ्ने उनले बताएका छन्। कोलकाताका जोय मुखर्जी प्रतियोगिताका रेफ्री छन्। प्रतियोगिताको उद्घाटन एडीजी अजय कुमारले सोमबार १ जनवरी २०२४ को बिहान ९ बजे अन्य विशिष्ट व्यक्तिहरूका साथमा गर्नेछन्। सिलगढीका सबै सर्वसाधारणलाई यस राष्ट्रिय स्तरको टेनिस खेलहरू हेर्नका स्वागत जनाइएको छ।

About Author

Advertisement