असममा किर्ते मतदाता परिचयपत्र बनाएर बस्दै आएका बंगलादेशी नागरिकलाई पुलिसले पक्राउ गरेको छ। एक पुलिस अधिकारीले आइतबार भने, ‘बंगलादेशी नागरिकलाई असमको मोरिगाउँ जिल्लामा पक्राउ गरिएको छl’ पुलिस उअधिक्षक हेमन्तकुमार दासले सूचनाका आधारमा पुलिसले शनिबार राति चेनिमारी गाउँमा छापा मारेर बंगलादेशी पासपोर्टसहित एक जनालाई पक्राउ गरेको बताए। अभियुक्तले महिलाको घरमा शरण लिएको खबर पुलिसलाई सूचना प्राप्त भएको थियो। उनले पक्राउ पछि अभियुक्त इस्लाम मण्डलको रूपमा पहिचान भएको बताएl लाहोरीघाट विधानसभा क्षेत्रअन्तर्गत मतदाता सूचीमा उनको नाम गैरकानूनी रूपमा नूर मण्डलको रूपमा दर्ता गरिएको अधिकारीले बताए। आरोपितले गत विधानसभा चुनावमा पनि मतदान गरेको दाबी गरिएको छ।










