१७ जनवरीमा प्रधानमन्त्री पुष्पकमल युगाण्डा जाँदै

IMG-20240117-WA0243.jpg

काठमाडौ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि बिहीबार युगान्डा गणतन्त्र प्रस्थान गर्नेछन्। उनी बिहान २ः१५ बजे कतार एअरलाइन्सबाट युगान्डाको लागि प्रस्थान गर्ने विदेश मन्त्रालयले जनाएको छ। सम्मेलन यही १९ र २० जनवरीसम्म युगान्डा गणतन्त्रको राजधानी कम्पालामा हुँदैछ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, विदेशमन्त्री नारायणप्रकाश साउद, विदेश सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ।

About Author

Advertisement