१६ किलो गाँजासहित चार जना पक्राउ

IMG-20250101-WA0417-copy

 सिलगढी: गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा विधाननगर पुलिसले फाँसीदेवा ब्लकको विधाननगर क्षेत्रमा छापा मारेर ठूलो मात्रामा गाँजा बरामद गरेको छ। स्रोतबाट प्राप्त जानकारीका आधारमा पुलिसले यात्रुवाहक निजी बसलाई रोकेर खोजीका क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। यस घटनामा विधाननगर पुलिसले तीन महिलासहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कल्पना दत्त (३४), कनिका बर्मन (३६), सुदीप दत्त (१८) र झरना सूत्रधार (५६) रहेका छन्। पक्राउ परेका सबै कोचबिहार जिल्लाका बासिन्दा हुन्।

पक्राउ परेकाहरूबाट चार झोलामा १६ किलो गाँजा बरामद भएको बताइएको छ। बरामद गाँजा कोचबिहार जिल्लाको दिनहाटाबाट ल्याएर तस्करीका लागि रायगञ्ज लगिएको थियो। यद्यपी यस घटनामा अन्य कोही संलग्न छन् वा छैनन् भन्ने अनुसन्धान भइरहेको छ। पक्राउ परेकाहरुलाई आज सिलगढी महकुमा अदालतमा पेश गरियो।

About Author

Advertisement