खोरीबारीमा ब्राउन सुगरसहित एक जना पक्राउ

IMG-20250101-WA0405-copy

सिलगढी: खोरीबारी पुलिसले फेरि एक पटक लागूऔषध तस्करीको प्रयासलाई विफल बनाएको छ। ९० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेको नाम कृष्ण बर्मन (३७) बताइएको छ, पक्राउ परेका युवक बुरागन्जको हाटिडोबा क्षेत्रका बासिन्दा हुन्। पुलिस स्रोतका अनुसार, गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा खोरीबारीको बुरागञ्जस्थित कलकत्ता हाई स्कूल नजिकैको क्षेत्रमा छापा मारिएको हो। पक्राउ परेका व्यक्ति साइकलमा लागुऔषध बेच्न जाँदै गरेको आरोप छ। त्यसैबेला पुलिसले उक्त व्यक्तिलाई पक्राउ गरी खोजी गर्दा खोरीबारी थानाको पुलिसले करिब ९० ग्राम ब्राउन सुगर बरामद गरेको बताइएको छ। लगत्तै पुलिसले पक्राउ परेकालाई पुलिस लग्यो। पक्रा परेका व्यक्तिलाई आज सिलगढी महकुमा अदालतमा पेश गरिने भएको छ।

About Author

Advertisement