१३ जना किक् बक्सिङ खेलाडीहरु राज्य स्तरीय बक्सिङ च्याम्पियनसिपमा भाग लिन कोलकाता प्रस्थान

IMG-20260328-WA0086

सोनादा: सोनादाको तारा बक्सिङ एकाडेमीका १३ बक्सिङ खेलाडीहरु राज्य स्तरीय बक्सिङ च्याम्पियनसिपमा भाग लिन कोलकाता प्रस्थान गरेका छन्। केही समय अघि तारा बक्सिङ एकाडेमी सोनादाको आयोजनामा दार्जिलिङ जिल्ला स्तरीय बक्सिङ च्याम्पियनसिप सम्पन्न भएको थियो जसमा तारा बक्सिङ एकाडेमीका नानीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए। कोलकाता प्रस्थान हुन लागेका बक्सिङ च्याम्पियनसिपमा भाग लिने नानीहरुलाई सोनादामा शुभकामना दिएर प्रस्थान गराइएको छ। ती जुनियर बक्सिङ खेलाडीहरुले २९ मार्चदेखि कोलकाताको कालीघाटमा शुरु हुने राज्य स्तरी बक्सिङ च्याम्पियनसिपमा भाग लिने भएका छन्। राज्य स्तरीय बक्सिङ च्याम्पियनसिपमा भाग लिने जुनियर खेलाडीहरुमा पाल्जर तामाङ, छेवाङ भोटिया, सौगात थापा, शरण गुरुङ, अमन लिम्बु लगायत अन्यहरु रहेका छन्। उक्त राज्य स्तरीय बक्सिङ च्याम्पियनसिपमा भाग लिन गईरहेका जुनियर खेलाडीहरुलाई सोनादामा तारा बक्सिङ एकाडेमीको तर्फबाट शुभकामनासहित पठाइएको छ। यस अवसरमा तारा बक्सिङ एकेडेमी सोनादाका संस्थापक सुरेन्द्र तामाङ र कोच लामा सरले विस्तृत रुपमा जानकारी गराएका छन्। दुवैले बताए अनुसार केही समय अघि तारा बक्सिङ एकाडेमी सोनादाको आयोजनामा दार्जिलिङ जिल्ला स्तरीय बक्सिङ च्याम्पियनसिप सम्पन्न भएको थियो जसमा तारा बक्सिङ एकाडेमीका नानीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए। ती जुनियर बक्सिङ खेलाडीहरुले २९ मार्चदेखि कोलकाताको कालीघाटमा शुरु हुने राज्य स्तरी बक्सिङ च्याम्पियनसिपमा भाग लिने भएका छन्।

About Author

Advertisement