आफ्नो जीप्रति आशावादी भाजपा प्रार्थी सोनाम लामा

IMG-20260328-WA0089

खरसाङ क्षेत्रको विकासको लागि पाइलेट प्रोजेक्टको साथमा काम गर्ने योजना छ: सोनाम लामा

खरसाङ: खरसाङ विधानसभा समष्टिको भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले आफ्नो जीतप्रति आशावादी रहेको बताएका छन्‌। उनले आज खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै आफु लामो समयदेखि सामाजिक र राजनैतिक क्षेत्रमा काम गर्दै आईरहेको कारण सबैको साथ रहकोले जीतप्रति विश्वस्त रहेको बताए। उनले भने, खरसाङ क्षेत्रमा पर्यटन पूर्वाधार विकासित गराउन र खरसाङलाई व्यवस्थित गराउन काम गर्नेछु। ट्राफिक व्यवस्थापनलाई लिएर पार्किङको समस्या समाधान गर्न काम गर्ने योजना रहेको साथै यस विषयमा पाईलेट प्रोजेक्ट तयार पारेर काम गर्ने योजना रहेको छ। यसको साथै खरसाङ क्षेत्रमा देखिएको पार्किङको समस्या समाधान गर्न र चालकहरुको पक्षमा काम गर्न तयार छु।’
भाजपा प्रार्थी सोनाम लामाले खरसाङ विधानसभा समष्टि अन्तर्गत खरसाङ बजार लगायत विभिन्न स्थानहरुमा काम गर्ने योजना रहेको बताए। उनले खरसाङ बजार लगायत मिरिक, सुकना पानिघट्टा, सिटोङ, सेवक, टिस्टाभेल्ली, तकदाह, पेशोक, मङ्पु लगायत विभिन्न स्थानहरुमा काम गर्ने योजना रहेको बताए। उनले खरसाङ विधानसभा समष्टि ठूलो रहेकोले यस विधानसभा अन्तर्गत पर्ने सबै स्थानहरुमा सर्वाङ्गीन विकासको लागि काम गर्ने बताए। सोनामम लामाले जनताको हरेक समस्या समाधानको लागि यसपाली बंगालमा परिवर्तन आवश्यक रहेको छ भन्दै उत्तर बंगालबाट पाँचजना विधायकहरु भएपछि सबै मिलेर जातीय मुद्दा पनि विधानसभामा‌ उठाउने वाचा गरेका छन्। उनले आफु लामो समयदेखि राजनीतिमा आएपछि गोर्खा जातिको मुद्दाको लागि नै काम गरिरहेको र आफ्नो कामलाई हेरेर भारतीय जनता पार्टी जस्तो ठूलो राजनीतिक दलले‌ आफुलाई मौका दिएको र यस मौकालाई जातीय मुद्दाको लागि पनि काम गर्ने बताएका छन्। उनले जातीय मुद्दा आफ्नो मन मुटुमा रहेको र यसतर्फ कार्य गर्न आफु सदैव तयार रहेको बताए।
उनले एक प्रश्नको उत्तरमा भने, विपक्षीको कुनै मुद्दा नभएर एसआईआरको मुद्दा उठाएको छ र यो एसआईआर भाजपाले होइन तर चुनाव आयोगले लोकतान्त्रिक प्रक्रिया अनुसार लागि गरेको हो। निष्पक्ष र स्वच्छ भोटर लिस्टको लागि चुनाव आयोगले एसआईआर लागु गरेको हो। तर एसआईआरलाई लिएर जनता नआत्तिने आह्वान् गर्दछु।’
उनले अघि भने, ‘खरसाङ क्षेत्रका जनता परिवर्तनको लागि उत्साहित छन् र म जितेर गपछि जनताको लागि काम गर्न सदैव तत्पर रहनेछु। पहिल्लो विधायकले के गरे के गरेन होइन तर म विधायक बनेर गएपछि खरसाङ क्षेत्रका लागि अवश्य पनि काम गर्नेछु।‌ जनताले मलाई सदैव सजिलै भेट्न सक्नेछन्। किनभने म खरसाङकै भूमिपुत्र हूँ।’
उनले अझ भने, ‘आगामी दिनमा घर घरसम्म पुगेर चुनाव प्रचार गर्नेछौं। यस कार्यमा भाजपा कार्यकर्ताहरु, गठबन्धनका दलहरु, सांसद राजु विष्ट स्वयम् पनि लागि परेका छन्। तर हामी स्वच्छ राजनीति गर्न चाहान्छौं।’

About Author

Advertisement