हेलिकप्टरद्वारा लाचेन र लाचुङमा राहत सामग्री पुऱ्याइयो

00-1-Rajya-Samachar-3

गान्तोक: उत्तर सिक्किमको लाचेन र लाचुङमा भारतीय वायु सेनाका हेलिकप्टरहरूद्वारा राहत सामग्री निर्यात गर्ने तथा त्यहॉं फसेका मानिसहरूलाई उद्धार गर्ने काम जारी रहेको छ।

यस क्रममा मंगलवार बिहान चिनूक हेलिकप्टर पाकिमको ग्रीनफिल्ड हवाई अड्डाबाट लाचेनमा सेनाको निम्ति तीन टन राहत सामग्री लिएर उड्यो। यसैगरी, एमआई-१७ हेलिकप्टर दुई नागरिकसहित १.४ टन राहत सामग्री लिएर लाचुङ उड्यो।

About Author

Advertisement