मध्य प्रदेशमा कांग्रेसको निम्ति ममताले गर्ने चुनाउ प्रचार

mamatarallynew-621x414.jpg

काेलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी कांग्रेसको निम्ति चुनाउ प्रचार गर्न मध्य प्रदेश जाने भएकी छन्। नोभेम्बरमा हुने विधानसभा चुनाउको निम्ति कांग्रेसले उनलाई प्रदेशमा चुनाउ प्रचारको निम्ति आमन्त्रित गरेको छ।

तृणमूल कांग्रेस सुत्रहरूले यसको पुष्टि गर्दै इन्दोर एक नम्बर विधानसभा सीटमा कांग्रेस उम्मेदवारको समर्थनमा प्रचार गर्न ममता ब्यानर्जीलाई आमन्त्रित गरिएको बताएको छ। यहॉंबाट कांग्रेसका उम्मेदवार संजय शुक्ला रहेका छन् भने उनको प्रतिद्व़न्दीको रूपमा भाजपाले कैलाश विजयवर्गीयलाई उम्मेदवार बनाएको छ।

विजयवर्गीय लामो समयसम्म बंगालको प्रभारी रहेका थिए र उनी माथि विभिन्न गम्भीर आरोपहरू लागेको थियो। उनीमाथि दुष्कर्मको प्रयास जस्तो गम्भीर धाराहरूमा कोलकातामा प्राथमिकी दर्ता छ। यस कारण उनी विरूद्ध ममता ब्यानर्जीको चुनाउ प्रचारलाई विशेष मानिॅंदैछ।

यस सन्दर्भमा भाजपाले भनेका छ, ममता ब्यानर्जीले जति कांग्रेसको पक्षमा प्रचार गर्नेछिन्, उति नै मध्य प्रदेशमा भाजपालाई लाभ पुग्नेछ। ममता कुन तारिक प्रचारमा जानेछिन् भन्ने अहिले स्पष्ट गरिएको छैन।

About Author

Advertisement