हुम्लामा हिउँ पर्याे, पश्चिम नेपालमा चिसो

IMG-20241224-WA0152

हुम्ला: सोमबार रातिदेखि हुम्लामा हिमपात भएको छ। जिल्ला सदरमुकाम सिमिकोटमा दुई इञ्चसम्म हिउँ जमेको छ। उत्तरी नाम्खा गाउँपालिकासहित एक फिटसम्म हिउँ जमेको छ। जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ। प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या भएको छ।
हुम्लामा मात्रै होइन, पश्चिमी वायुको प्रभावका कारण पश्चिम नेपालमा मौसम बदली भएर चिसो बढेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना छ। सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै पूर्वतिर फैलिँदै गरेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कर्णाली प्रदेशमा पनि फैलिने बताए। पूर्व सर्दै जाँदा प्रणाली केही कमजोर हुनेछ।
आज राति उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा वर्षा हुनसक्ने सम्भावना छ। महाशाखाले सार्वजनिक गरेको विवरणमा हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हुने देखिएको छ।

About Author

Advertisement