सिन्कोना गोल्ड कपः दार्जीलिङ पुलिस च्याम्पियन

IMG-20241224-WA0135

कालेबुङ: मंगलधुरा कल्याण समिति, संगसीर कमानको तत्त्वावधानमा आयोजित सिन्कोना गोल्ड कप फूटबल टुर्नामेण्टमा दार्जीलिङ पुलिस च्याम्पियन भयो। मंगलधुरा खेल मैदानमा सोमवार भएको फाइनल म्याचमा दार्जीलिङ पुलिसले सिनोल्चु फूटबल क्लब (नाम्ची, सिक्किम) विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट दुवै गोल वांगचुक (धने) तामाङले गरे। यस सेवेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

About Author

Advertisement