खरसाङ (१८ सेप्टेम्बर): खरसाङको लङभ्यू पीएफ क्याम्पमा हिल प्लान्टेशन इम्प्लोइज युनियनका कार्यकर्ताहरुले ईपीएफओबाट आएका अधिकारीहरूलाई बिहानदेखि नै पिएफ संसोधनको काममा सहायता गरी रहेका छन्। म्यानेजमेन्टले अब पीएफ संसोधन अनि व्यवस्थापन सच्याउने काम तीव्र गतिले गरेको हुनु पर्ने हिल प्लान्टेशन इम्प्लोइज युनियनको माग रहेको छ। आज लङभ्यू कमानमा पीएफ क्याम्प चलिरहेको छ। उक्त क्याम्पमा तीनैवटा डिभिजनका श्रमिकहरुलाई हाम्रा शाखा प्रतिनिधि अनि नेतृत्वगणले घर घरमा सूचना पुर्याउनदेखि लिएर पीएफ संसोधनको निम्ति कुन कुन कागज पत्र चाहिन्छ भन्नेबारे जानकारी दिँदै सबैलाई अफिसमा आउने खबर दिएको जानकारी गराइएको छ। उक्त जानकारी अनुरुप श्रमिकहरुको भीड बिहान ११ बजेदेखि थियो। हिल प्लान्टेशन इम्प्लोइज युनियनका शाखा प्रतिनिधिहरूले बिहानदेखि नै ईपीएफओबाट आएका अफिसरहरुलाई सहायता गरी रहेका छन्। १०२ दिनको आन्दोलनमा अनशन स्थलमा नै हामीले धेरैजनाको कागज पत्र यसरी नै साँचेर राखेका थियौं। धेरैजनाको संसोधनको कामहरु हाम्रा युवा साथीहरूले उही बेला गरी रहेका थिएँ। त्यो कामले आज धेरै कुरा सहज हुन पुगेको जनाइएको छ। योभन्दा अघि पनि युनयिनको पहलमा ईपीएफओ अफिसद्वारा लङभ्यू कमानमा पीएफ क्याम्प भएको हो। यहाँ केवल पीएफको मात्र समस्या नभएर भोट कार्ड, प्यान कार्ड, राशन कार्ड अनि आधार कार्डको संसोधन पनि जरुरी छ।सिस्टम नै लथालिङ भएको कारणले यहाँ यस्तो समस्या हुन पुगेको हो। यसैले अझै आउदो भविष्यमा यस्ता पहलको आवश्यकता रहेको छ। युनियनले केवल आन्दोलन मात्र होइन समस्याको समाधानको बाटो पनि सच्याउने काम गर्दै आएको हो अनि अझ पनि गर्दै जाने नै जानकारी हिल प्लान्टेशन इम्प्लोइज युनियनको सचिव सुमेन्द्र तामाङले जानकारी गराएका छन्।





