हाम्रो पार्टीले विरोध जनाउँदै पोस्टर टाँस्यो

00-1-IMG-20230227-WA0164

खरसाङ: गत २० फरवरीको दिन राज्यको सत्तारुढ पार्टी तृणमूल काग्रेसले बङ्गालविरुद्धको प्रस्ताव विधानसभामा पारित गर्दा राज्यको एक जिम्मेवार मन्त्रीले गोर्खाहरूलाई अनुप्रवेशकारी भनेको भन्दै हाम्रो पार्टीले यसलाई निरन्तर विरोध गरिरहेको छ। यस विषयलाई हाम्रो पार्टीको खरसाङ शाखा समितिले आज शहरका विभिन्न क्षेत्रहरूमा पोस्टर टाँसेको छl हाम्रो पार्टीका कार्यकर्ता विमल तामाङले भने, ‘राज्यको एक जिम्मेवार मन्त्रीको मनमा हामी गोर्खाहरूप्रति घृणित सोच छ भन्ने हामीले कल्पनासमेत गरेका थिएनौं। हामी भारतीय गोर्खाहरूलाई जहिले पनि शंकाको नजरले हेर्ने गर्छ, तर हामी विदेशी होइनौं, अनुप्रवेशकारी पनि होइनौंl हामी हाम्रो माटोसँग आएका हौंl’

About Author

Advertisement