हाम्रो पार्टीको दार्जिलिङ महकुमा समिति गठन

IMG-20230409-WA0232.jpg

अध्यक्ष एडवार्ड्सले निर्वाचित प्रतिनिधिहरूलाई दिए बधाई

दार्जीलिङ: हाम्रो पार्टीको दार्जीलिङ महकुमा समिति गठन गरिएको छ। दार्जिलिङको एक हलमा हाम्रो पार्टीको एक सभा सम्पन्न भयो। उक्त सभामा पार्टी केन्द्रीय अध्यक्ष अजय एडवाडर्स विशेष रूपमा उपस्थित रहेको थियो। त्यसरी नै पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटिया, केन्द्रीय सांगठनिक सचिव विक्रमादि राई लगायत केन्द्रीय नेतृत्वहरूको उपस्थिति रहेको थियो। सभामा दार्जीलिङ महकुमा समिति अन्तर्गत विभिन्न चिया बगान, सिन्कोना बगान, शहर बजार, गाउँ, बस्ती आदि क्षेत्रहरूको हरेक समस्याहरूमाथि नजर राख्न अनि जनताको सेवा कार्यहरूको निम्ति हाम्रो पार्टीले दार्जीलिङ महकुमा समिति गठन गर्ने निर्णय लिएको छ। उक्त महकुमा समितिमा सर्वसहमतिद्वारा पुरण तामाङलाई महकुमा समिति अध्यक्ष चयन गरियो। त्यसरी नै उपाध्यक्ष अलतमस फाजिल, सचिव जितेन राई, सह सचिव रेशमा गुरूङ, कोषाध्यक्ष रजत प्रधान र साङगे भोटिया, प्रचार प्रसार सचिव गोपाल परियार र राहुल गुरूङ, कार्यकारिणी सदस्यहरूमा रिम्विक लोधोमा समष्टिबाट बुद्व लोक्सम,कैजले रेलिङ समष्टिबाट अनित सुब्बा, पूल बिजनबारी गोक समष्टिबाट मोहन सिंह सुब्बा र राजेन सुब्बा,ब्लूम फिल्ड ऋषिहाट समष्टिबाट टिकाराम राई, राहुल छेत्री, सिंहमारी तकभर समष्टिबाट सनम तामाङ, नृत्यम राई, डेन्जोङ तामाङ,पासाङ दोर्जे लामा, फुसछेरिङ पान्दाम समष्टिबाट रूपेश गुरूङ र सुदीप शंखर, सदर वान समष्टिबाट आधार्श घिसिङ र नवीन राई, सदर टु समष्टिबाट क्रिस्टोफर लेप्चा र ध्रुव मुखिया र फिन्जो वाङ्गेल गुरूङ, सदर थ्री समष्टिबाट रूबी ताङ्गेन, सदर फोर समष्टिबाट राम प्रधान, विकाश प्रधान, किरण प्रधान, घूम जोरबंगला समष्टिबाट सुरज तामाङ, चुङथुङ मेरीबुङ समष्टिबाट सत्येम घले र विशाल दर्नाल, सुकिया मानेभन्ज्याङ समष्टिबाट दिपेन राई र गोविन्द राई सामेल रहेका छन्। नव गठित महकुमा समितिको नेतृत्वहरूलाई पार्टी अध्यक्ष अजय एडवाडर्सले बधाई अनि शुभकामना दिएका छन्।

About Author

Advertisement