“हामी जे सक्छौं त्यो भन्छौं अनि जे भन्छौं त्यो गर्छौं: अमर लामा

IMG-20260421-WA0073

खरसाङ: बीजीपीएम उम्मेदवार अमर लामाले मंगलवार खरसाङ विधानसभा क्षेत्रका मतदातालाई सम्बोधन गर्दै भने, “हामी जे सक्छौं त्यो भन्छौं अनि जे भन्छौं त्यो गर्छौं।”
आफ्नो लामो राजनीतिक यात्राको चर्चा गर्दै लामाले भने, उनले जीवनको उत्कृष्ट समय राजनीतिलाई समर्पित गरेका छन्। “मैले खाउँ-खाउँ, लाउँ-लाउँ भन्ने उमेर राजनीतिलाई दिएँ। यस यात्रामा कष्ट पनि भोगेँ, गुमाएँ पनि, तर अनुभव पनि बटुलेँ,” उनले भने। लामाले आफ्नो उम्मेदवारीमा पार्टी अध्यक्ष अनित थापाको महानता लुकेको बताउँदै भने कि राजनीति गर्नेको छाती ठूलो हुनुपर्छ।
खरसाङ क्षेत्रका विकासका सन्दर्भमा लामाले स्पष्ट प्रतिबद्धता जनाए। उनले भने कि क्षेत्रका समस्याहरू उनले केवल घोषणापत्रमा सीमित नराखी आफ्नो मन र मस्तिष्कमा राखेका छन्। उनका अनुसार खरसाङमा कार पार्किङ सुविधा, अस्पताल र खेल स्टेडियम निर्माण गरिनेछ।
जन्मथलो दार्जिलिङ भए पनि अब खरसाङ नै आफ्नो कर्मथलो हुने घोषणा गर्दै लामाले भने कि चुनाव प्रचारको क्रममा उनले क्षेत्रका विभिन्न स्थानहरू घुमी जनतासँग गहिरो सम्बन्ध बनाएका छन् र त्यो सम्बन्ध निरन्तर रहिरहनेछ।

About Author

Advertisement