पहाडबाट शुरु भएको बीजेपीको पतन पहाडबाटै शुरु हुनेछ: अनित थापा

IMG-20260421-WA0072

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम) का नेता अनित थापाले मंगलवार एक महत्त्वपूर्ण सम्बोधनमा भने, जसरी बङ्गालमा बीजेपीको प्रवेश पहाडबाट शुरु भएको थियो, अब त्यसको पतन पनि पहाडबाटै शुरु हुनेछ। थापाले गृहमन्त्री अमित शाहको हालैको चुनावी घोषणालाई कडा आलोचना गर्दै भने, शाहले सुकनाको भाषणमा चिया श्रमिकलाई दैनिक ५०० रुपैयाँ ज्याला दिने वाचा गरे, जबकि यसअघि उनले नै ८०० रुपैयाँ दिने भनेका थिए। “के अमित शाह कमानको मालिक हुन् र उनले एकलौटी निर्णय लिन सक्छन्?” थापाले प्रश्न उठाए।
उनले भने, “बङ्गालमा सरकार बनायो भने ६ महिनाभित्र गोर्खाको समस्या समाधान गरिदिन्छु भन्ने गृहमन्त्रीले संसद् चुनावमा गोर्खालाई के दिन खोजेका थिए?” थापाका अनुसार, बीजेपीले बङ्गालमा सरकार बने मात्र एसआईआर सूचीबाट नाम हटेका गोर्खाहरूलाई मतदाता सूचीमा समावेश गर्ने घोषणा गरेर आफैँ स्वीकार गरेको छ कि ती नाम बीजेपीले नै काटेको थियो।
बीजीपीएम पार्टीले गत दुई चुनावमा जनताको भरपुर समर्थन पाएको उल्लेख गर्दै थापाले विश्वास व्यक्त गरे कि यस पटक तेस्रो चुनावमा पनि जनताले अझ बढी माया र समर्थन दिनेछन्। “पहाडमा मैला हटेपछि कमल फुल्ने कुरै आउँदैन,” उनले थपे।
चुनावी उत्साहको अन्त्यमा थापाले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै भने, “यो चुनाव लामो उत्सव जस्तो भयो।भोलिदेखि शून्य होला, तर यो शून्य ४ तारिखको दिन फेरि हामीले नाँचेर तोड्नुपर्छ।”

About Author

Advertisement