हामी कुनै प्रकारको दङ्गा-फसाद वा राजनीतिक द्वन्द्व चाहँदैनौं: बिमल गुरुङ

IMG-20260508-WA0077(1)

दार्जिलिङ: हामी कुनै प्रकारको दङ्गा-फसाद वा राजनीतिक द्वन्द्व चाहँदैनौं। हाम्रो उद्देश्य केवल शान्ति, सद्भाव र लोकतान्त्रिक तरिकाले जनताको आवाज उठाउनु हो भनी गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष बिमल गुरुङले बताएका छन्। उनले यसबारेमा भने, पहाडमा भइरहेका भ्रष्टाचार, अनियमितता र जनविरोधी गतिविधिविरुद्ध हामी शान्तिपूर्ण आन्दोलन र धरणामार्फत संघर्ष गर्नेछौं। विशेष गरी शिक्षा क्षेत्रमा भएको घोटाला, चानादाल घोटाला, जल जीवन मिशनमा भएको भ्रष्टाचार तथा ग्रामीण सडक योजनामा देखिएको व्यापक अनियमितताविरुद्ध अब जनताको आवाज बुलन्द हुनेछ।’
उनले अघि भने, ‘जनताको अधिकारमाथि खेलवाड गर्ने र पहाडको विकासलाई रोक्ने भ्रष्ट व्यक्तिहरूमाथि कडा कानुनी कारबाही हुनुपर्छ भन्ने हाम्रो स्पष्ट अडान हो। त्यसै गरी पहाडका चिया बगानका श्रमिकहरूको जीवनस्तर सुधार गर्न न्यूनतम दैनिक हाजिरा रुपियाँ ५५० लागू गराउन हामी प्रतिबद्ध छौं। श्रमिकले आफ्नो श्रमको उचित मूल्य पाए मात्र पहाडका युवाहरू रोजगारीको खोजीमा बाहिर पलायन हुनबाट रोकिनेछन्।’
गुरुङले अझ भने, हाम्रो आन्दोलन शान्ति, न्याय, पारदर्शिता र पहाडको उज्ज्वल भविष्यका निम्ति हो।’

About Author

Advertisement