हात्तीले स्कुल सहित केही घरहरू क्षतिग्रस्त पारे

IMG-20240203-WA0127.jpg

राजगञ्ज: जंगली हात्तीको हमलामा प्राथमिक विद्यालको भान्साघर लगायत इलाकाको केही घरहरू क्षतिग्रस्त भएको घटना राजगञ्ज ब्लकको मन्तादारी ग्राम पञ्चायत अन्तर्गत ललिताबारी इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार गत राति लगभग अढाई बजी एउटा जङ्गली हात्ती ललिताबारी गाउँमा पसेर ताण्डव मच्चायो। हात्तीको ताण्डवमा शिकारपुर नैनितापाडा प्राइमेरी स्कुलको भान्साघर क्षतिग्रस्त हुनको साथै इलाकाको केही घरहरू पनि क्षतिग्रस्त बनाइदिएको बताइएको छ। स्थानीय सुशान्त रायको परिवारका सदस्यहरू दुइवटा घरमा सुतिरहेको समय अचानक घर भत्काएको आवाज सुनेर तिनीहरू निद्राबाट ब्युँझिएपछि कुनै प्रकारले आफ्नो ज्यान बचाएर त्यहाँबाट भागेको बताइएको छ। तथापि, हात्तीको ताण्डवमा दुइ वटा घर, पलङ, आलमारी लगायत अन्य समानहरू क्षतिग्रस्त भएको छ। यसबाहेक घरमा रहेको चामल, दाल, लगायत अन्य खाद्य सामग्रीहरू सबै नष्ट पारिदिएको छ। केही समयसम्म ताण्डव मच्चाएपछि उक्त हात्ती बैकुण्ठपुर जङ्गलतर्फ गएको बताइएको छ। हात्तीको ताण्डवमा दैनिक मजदुर परिवारले सबै कुरा गुमाएका छन्।

घटनाको खबर पाएर वन विभागका अधिकारीहरू घटनास्थलमा पुगेर छानबीन गर्नको साथै परिवारको साथमा रहने आश्वासन दिएका छन्।

About Author

Advertisement