सिलगढी: हात्तीको आक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु भएको छ। घटना मंगलबार बिहान नक्सलबारी थाना क्षेत्रको दयाराम जोत क्षेत्रमा माँ सन्तोषी माताको मन्दिर पछाडि भएको हो। मृत्यु हुनेको नाम कृष्णबहादुर छेत्री रहेको छ। उनी सिक्किमको बिजुली विभागका सेवानिवृत्त कर्मचारी थिए, खबर पाएर नक्सलबारी पुलिस र तुकरिया झार वन विभागका अधिकारीहरू घटनास्थलमा पुगेका थिए। शव बरामद गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाइएको छ।










