हसखुवामा २८औं नकआउट फुटबल प्रतियोगिताका बीच लागूपदार्थ विरुद्ध सचेतना शिविर सम्पन्न

FB_IMG_1786677498483

सिलगढी: सिलगढी पुलिस कमिश्नरेट अन्तर्गत रहेको बागडोगरा थाना क्षेत्रको हसखुवामा लागूपदार्थ विरुद्धको सचेतना शिविर सम्पन्न भएको छ। हसखुवामा आयोजना भइरहेको २८औं नकआउट फुटबल प्रतियोगिताको अवसर पारेर पुलिसले सो सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो।
​सिलगढी पुलिस कमिश्नरेट (इस्ट–२) का सहायक पुलिस आयुक्त (एसपी) अनिर्बाण मजुमदारको विशेष उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको जनाइएको छ।
​कार्यक्रममा खेलाडी, दर्शक तथा स्थानीय समुदायलाई लागूपदार्थको दुर्व्यसनले पार्ने नकारात्मक असर, यसका गम्भीर परिणाम र लागूपदार्थबाट टाढा रहनुको महत्त्वका बारेमा विस्तृत जानकारी गराइएको थियो।

​सिलगढी पुलिसका अनुसार युवा वर्गलाई स्वस्थ, जिम्मेवार र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यका साथ समुदायस्तरमा यस्ता सचेतनामूलक गतिविधिहरू निरन्तर सञ्चालन गरिँदै आएको छ।
​कार्यक्रममा “लागूपदार्थलाई नाइँ भन्नुहोस्, जीवन रोज्नुहोस्, खेलकुद रोज्नुहोस्” भन्ने मूल नाराका साथ युवाहरूलाई खेलकुद तर्फ आकर्षित हुन आह्वान गरिएको थियो।

About Author

Advertisement