कोलकाता: दीपावलीमा हवाई भाडा आकाशिएको छ। कोलकाता आउनु भन्दा ब्यांकक र अन्य गन्तव्यहरूमा जान सस्तो छ। चाडपर्वको सिजन शुरु भएको छ। अब दीपावली र छठ पूजा आउन केही दिन मात्रै बाँकी छ। चाडपर्वमा कोलकाता घर आउने मानिसको भीड बढेपछि रेलको प्रतीक्षा सूची बढेको छ। योसँगै हवाई भाडामा पनि भारी वृद्धि भएको छ। अवस्था यस्तो छ, दीपावलीको एक दिन अगाडि ११ अक्टोबरमा दिल्लीदेखि कोलकाताको टिकट पाउन मुस्किल भएको छ। यसको भाडा २५ देखि ४६ हजार रुपियाँ पुगेको छ। मुम्बईदेखि कोलकातासम्मको हवाई भाडाको अवस्था पनि उस्तै छ। कोलकाताको भाडा दुबई, ब्यांकक र बंगलादेशको उडान भन्दा महँगो देखिन्छ। गो फर्स्ट एयरलाइन्सको बन्द, टिकटको अत्यधिक माग र जेट इन्धनको मूल्य वृद्धिका कारण हवाई टिकटको मूल्यमा आगो लागेको हो।
यस सम्बन्धमा ट्राभल एजेन्ट एसोसिएसन अफ इण्डिया, पूर्वका सचिव तथा एयरकम ट्राभल्सका अध्यक्ष अञ्जनी धानुकाले हरेक वर्ष झैं यस वर्ष पनि दीपावलीको अवसरमा कोलकाता आउने उडानको टिकट भाडामा उल्लेख्य वृद्धि भएको बताइन्। यात्रुले विमानमा यात्रा गर्न कैयौं गुणा बढी खर्च गर्नुपर्ने भए पनि टिकट पाउन सकेका छैनन्। कतिपय ठाउँमा टिकट भाडा २०० प्रतिशतसम्म पुगेको छ। ११ नोभेम्बरमा मुम्बईदेखि कोलकातासम्मको यात्राको भाडा सबैभन्दा बढी हो। गत वर्ष यो ५० हजार पुगेको थियो। आन्तरिक गन्तव्यको उच्च माग र चाडपर्वमा घर पुग्ने रहरका कारण हवाई भाडा बढेको हो।










