कोलकातामा आजदेखि महानगरमा चिसो बढ्ने

Winter-health-1

कोलकाता: अलिपुर मौसम विभागले वर्षाको भविष्यवाणी गरेको छ। मौसम विभागको पूर्वानुमान अनुसार शनिबारदेखि छत्तीसगढमा चक्रवात कायम रहेको छ। जसका कारण पहिल्यैदेखि वर्षा हुने अनुमान गरिएको थियो। आइतबारदेखि आकाश खुलेपछि तापक्रम क्रमशः घट्दै जानेछ। शनिबारको तापक्रम ३२ देखि २४ डिग्रीको हाराहारीमा थियो। आजबाट तापक्रममा उल्लेख्य गिरावट आउने छ। सोमबार तापक्रम अझै घट्ने छ। अर्कोतर्फ पश्चिमी जिल्लाको तापक्रम २० डिग्रीभन्दा तल झर्ने छ। उत्तर बंगालको कालिम्पोङमा आज पानी पर्ने सम्भावना छ। आइतबारदेखि चिसो उत्तर–पश्चिमी वायु चल्ने भएकाले तापक्रममा उल्लेख्य गिरावट आउने छ। आइतबारदेखि तीन–चार दिनभित्र तापक्रम दुईदेखि तीन डिग्रीले घट्ने छ।

कोलकातामा आजदेखि महानगरमा चिसो बढ्ने

कोलकाता: अलिपुर मौसम विभागले वर्षाको भविष्यवाणी गरेको छ। मौसम विभागको पूर्वानुमान अनुसार शनिबारदेखि छत्तीसगढमा चक्रवात कायम रहेको छ। जसका कारण पहिल्यैदेखि वर्षा हुने अनुमान गरिएको थियो। आइतबारदेखि आकाश खुलेपछि तापक्रम क्रमशः घट्दै जानेछ। शनिबारको तापक्रम ३२ देखि २४ डिग्रीको हाराहारीमा थियो। आजबाट तापक्रममा उल्लेख्य गिरावट आउने छ। सोमबार तापक्रम अझै घट्ने छ। अर्कोतर्फ पश्चिमी जिल्लाको तापक्रम २० डिग्रीभन्दा तल झर्ने छ। उत्तर बंगालको कालिम्पोङमा आज पानी पर्ने सम्भावना छ। आइतबारदेखि चिसो उत्तरपश्चिमी वायु चल्ने भएकाले तापक्रममा उल्लेख्य गिरावट आउने छ। आइतबारदेखि तीनचार दिनभित्र तापक्रम दुईदेखि तीन डिग्रीले घट्ने छ।

About Author

Advertisement