हल्दीबाड़ीबाट स्वतन्त्रता दिवसको दिनदेखि दार्जिलिङ मेल चल्ने

IMG_20220809_164012.jpg

सिलगढी: हल्दीबाड़ीबाट स्वतन्त्रता दिवसको दिनदेखि दार्जिलिङ मेल चल्ने भएको छ। रेल मन्त्रालयले एउटा विज्ञप्ती जारी गरेर यसबारे जानकारी गराएपछि जलपाइगढी र हल्दीबाड़ीमा खुशीको माहौल देखा परेको छ। प्राप्त जानकारी अनुसार दार्जिलिङ मेल १५ अगस्तको साँझ ६ बजी हल्दीबाड़ीबाट प्रस्थान गरेर साँझ ७ बजेर ३५ मिनटमा न्यू जलपाइगढी स्टेशन पुग्नेछ । यसपछि दार्जिलिङ मेल राति ८ बजी सियालदह स्टेशनको लागि प्रस्थान गर्नेछ। यसैगरी, दार्जिलिङ मेल सियालदह स्टेशनबाट राति १० बजी प्रस्थान हुनेछ। यसपछि ट्रेन बिहान ८ बजीदेखि साढ़े ८ बजी बीच न्यू जलपाइगढी स्टेशन पुग्नेछ। दार्जिलिङ मेल न्यू जलपाइगढी स्टेशनबाट प्रस्थान गरेपछि १० बजी हल्दीबाड़ी स्टेशन पुग्नेछ। यस सम्बन्धमा जलपाइगढीका सांसद डा. जयन्त रायले भने, दार्जिलिङ मेल फेरि हल्दीबाड़ीदेखि शुरू हुने भएको छ। दार्जिलिङ मेल हल्दीबाड़ीबाट जलपाइगढी अनि फेरि न्यू जलपाइगढी स्टेशन हुँदै प्रस्थान गर्नेछ।

About Author

Advertisement