हल्का वर्षापछि पश्चिम बंगालमा गर्मीबाट राहत

00-1-Rajya-Samachar-7

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाता लगायत राज्यका अन्य ठाउॅंहरूमा हल्का वर्षापछि गर्मीबाट राहत मिलेको छ। मौसम विज्ञान विभागले सोमवार बिहान जारी गरेको बयान अनुसार, राजधानी कोलकातामा न्यूनतम तापक्रम २९.९ डिग्री सेल्सियस रेकर्ड गरियो जुन सामान्यभन्दा तीन डिग्री सेल्सियस धेरै हो।

अधिकतम तापक्रम ३२.९ डिग्री सेल्सियस छ जुन सामान्यभन्दा एक डिग्री सेल्सियस कम हो। हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बांकुड़ासहित राज्यका अन्य ठाउॅंहरूमा पनि तापक्रममा कमी दर्ता गरिएको छ।विभाग अनुसार, यो हप्ता बिहिवारसम्म यस्तै मौसम रहनेछ। तापक्रममा ह्रास कायम रहनेछ र लगातार हल्का पानी परिरहने छ। जून महिनाको अन्तसम्म मनसून प्रवेश गर्नेछ।

-हिस

About Author

Advertisement