उत्तर दिनाजपुर: राष्ट्रिय राजमार्ग नं ३१ मा सामान बोकेको ट्रक दुर्घटना भएको छ। घटना चोपडा ब्लकको सोनापुर घाट क्षेत्रमा भएको हो। स्थानीय स्रोतका अनुसार सोमबार बिहान करिब ५ः२० बजे सम जाँदै गरेको आँप बोकेको लरी सोनापुर घाट क्षेत्रमा पल्टिएको हो। यद्यपि यसमा कुनै मानवीय क्षति भने भएको छैन। एउटै ठाउँमा दिनहुँजसो दुर्घटना हुने गरेको स्थानीयको भनाइ छ। छेउछाउमा धेरै घर छन्, त्यस क्षेत्रमा ट्राफिक नियन्त्रण र ब्यारियर जडान गर्न माग गरिएको छ।










