बङ्गाल: हर्टिकल्चर मन्त्रीद्वारा लाटपञ्चर सिन्कोना बगानमा अवस्थित सुन्तलाबारीको परिभ्रमण

mang-1024x659-1

मङपु:  सुन्तला महोत्सवको दोस्रो दिन मन्त्री सुब्रत साहले लाटपञ्चर सिन्कोना बगानमा अवस्थित सुन्तला बगानको परिभ्रमण गरे। उक्त कार्यक्रम सिन्कोना एवम् अन्य औषधीको विरुवाहरू अनि हर्टिकल्चर विभागको आयोजनामा सम्पन्न भएको थियो। विभागीय मन्त्रीले सुन्तला उपार्जनको निम्ति स्थानीय कृषिकहरूलाई सक्दो सहयोग गर्ने कुरा मन्त्रीले जनाए।कार्यक्रमको शुरुआतमा जीटीए सिन्कोना विभागका कार्यकारिणी सभासद रतन थापाले विभागीय मन्त्री अनि सचिवलाई सयपत्री फुलको माला लगाइ दिएर लाटपञ्चर सिन्कोना बगानमा स्वागत जनाए। सुन्तला महोत्सवको दोस्रो दिन लाटपञ्चर सुन्तला बगानमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा सिन्कोना बगान श्रमिक कर्मचारीले सुन्तला उत्पादन अनि यसको बेचबिखान प्रणाली सम्बन्धमा लघु नाटक मञ्चन गरे।

रन्जीत सेन्चुरी अनि सुरजमणि प्रधानले सञ्चालन गरेको सुन्तला महोत्सव समारोहमा सुन्तला खेतीबारे उत्पल ब्यानर्जीले आफ्नो वक्तव्य राखे। हर्टिकल्चर विभागीय सचिव आईएएस सुब्रत गुप्तले भने, लाटपञ्चर सुन्तला बगानमा यो दोस्रोपल्ट भ्रमण गरेको बताउँदै गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन अधिक भएकोले हर्ष प्रकट गर्दै आगामी दिनमा सिन्कोना बगानको कृषकहरूलाई उच्च स्तरको सुन्तलाको विरुवा प्रदान गरिने बताए। सुन्तलासँगै सिन्कोना खेती अनि अर्किड फुल, लिली फुलको खेती पनि विस्तार गरिने कुरा सचिवले जनाए। उक्त कार्यक्रममा सिन्कोना बगानका निर्देशक डा. सामुएल राई, डेपुटी निर्देशक पेमा लम्हु भुटिया, सिन्कोना बगान व्यवस्थापक गोपाल लामिछाने अनि मङपु रोङ्गो लाटपञ्चर सिटोङ सिन्कोना बगानका अधिकारीहरू उपस्थित थिए।

About Author

Advertisement