हङकङ सिक्सेसमा नेपाल श्रीलंका संग पराजित

IMG-20241102-WA0247

काठमांडू: हङकङ सिक्सेसमा श्रीलंकासँग पराजित हुदै नेपाल क्वाटरफाइनलबाट बाहिरिएको छ।
शनिवार भएको क्वाटरफाइनल खेलमा नेपाललाई श्रीलंकाले ४० रनले पराजित गर्यो।
श्रीलंकाले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल ५ ओभरमा अल आउट हुदै ८३ रन बनाउन सक्यो।
नेपालका लागि राशिद खानले १८ बलमा १ चौका र ८ छक्काको सहयोगमा ५५ रन बनाए।
विजेता श्रीलंकाले फाइनल प्रवेशका लागि बंगलादेश र युएईबीचको विजेतासँग खेल्नेछ। यस खेलमा पराजित नेपालले प्लेट सेमिफाइनलमा बंगलादेश र युएईसँग पराजित हुने टोलीसंग खेल्नेछ।

About Author

Advertisement