हंगकंग ओपनः सात्विक-चिरागको जोड़ी क्वार्टर फाइनलमा

IMG-20261119-WA0049

हंगकंग: सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको भारतीय जोड़ीले बिहीवार हंगकंग ओपन सुपर ५०० ब्याडमिण्टन टुर्नामेण्टको पुरुष युगल स्पर्धाको क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। पाँचौं वरीयता प्राप्त भारतीय जोड़ीले नूर अहमद अजरिन अयूब र टेन वी कियोंगको मलेशियाई जोड़ीलाई प्री-क्वार्टर फाइनलमा २१-१९, २१-१६-ले पराजित गऱ्यो। सात्विक र चिरागले यस साल सिंगापुर र चीनमा २ वटा सुपर ७५० खिताब जितेका छन्। भारतीय जोड़ीको क्वार्टर फाइनलमा चीनका हू के युआन र लिन शियांग यी-को जोड़ीसँग भिड़न्त हुनेछ। चीनको जोड़ीले काकेरु कुमागाई र हिरोकी निशीको जापानको जोड़ीलाई अन्य एउटा म्याचमा २१-१९, २१-१७-ले पराजित गऱ्यो। यसअघि सात्विक-चिरागको जोड़ीले शुरुवाती राउण्डमा ली झे हुई र यांग पो सुआनको चाइनीज ताइपेको जोड़ीलाई पराजित गर्न ३ गेमसम्म संघर्ष गर्नु परेको थियो। यसबीच विश्व च्याम्पियनशीपमा काँस्य पदक विजेता त्रीसा जली र गायत्री गोपीचन्दकी भारतीय जोड़ीले चाहिँ प्री-क्वार्टर फाइनलमा हारको सामना गर्नु पऱ्यो। भारतीय जोड़ीलाई महिला युगलको म्याचमा लरेन लेम र एलिसन ली-की अमेरिकी जोड़ीले २२-२०, २१-१३-ले पराजित गऱ्यो। यसरी चीनको हांगझोउमा हुने सत्रको अन्तिम बीडब्ल्यूएफ वर्ल्ड टूर फाइनल्सको निम्ति क्वालीफाई गरिसकेका लक्ष्य सेनले पुरुष एकलको प्री-क्वार्टर फाइनलमा डेनमार्कका रासमस गेम्केको सामना गर्नेछन्। लक्ष्यले हालै लगातार २ वटा बीडब्ल्यूएफ सुपर ५०० स्तरको टुर्नामेण्टमा खिताब जितेका थिए।

About Author

Advertisement