कालचिनी: रक्तदान महादानको उक्तिलाई चरितार्थ पार्दै बुधबार जयगाउँ क्रिस्चियन लिडर्स फेलोसिपको आयोजनामा जयगाउँ सुपर मार्केट स्थित हिमालय चर्चमा स्वेच्छा रक्तदान शिविर सम्पन्न भयो। उक्त रक्तदान शिविरमा प्रायः ७५ यूनिट रगत संग्रह गरेर अलिपुरद्वार जिल्ला अस्पतालको ब्लड ब्याङ्कमा सुम्पिएको संस्थाको पक्षबाट दिपक बस्नेतले जनाएका छन्। विशेषगरी जिल्ला अस्पतालमा धेरै मानिसहरु रगतको खाँचोमा यताउति गुहार लगाई हिँड़न बाध्य भएको देखिएकोले यसलाई पुरा गर्न संस्थाबाट यो रक्तदान शिविर आयोजना गरिएको दिपक बस्नेतले थप जनाएका छन्।









