कालचिनी: आउँदो ६सेप्टेम्बरको दिनबाट शुरु हुने आदिवासी समुदायको महान पर्व करम पूजालाई भव्यताको साथ पालन गर्ने प्रतिज्ञाको साथ बुधबार कालचिनी खण्डको गारोपाड़ा ग्राम पञ्चायतअन्तर्गत पर्ने भातखावा चियाबारीको कईया लाईनमा प्रि-करम महोत्सव पालन गरिएको जानकारी आयोजक कमिटीको पक्षबाट हरिहर नागवंशीले दिएका छन्। यस अवसरमा भातखावा चियाबारीको सिनियर म्यानेजर टीएन पाण्डेलगायत आदिवासी युवा समाजसेवी डा.कमल कुजूर, जयप्रकाश तिग्गा, अधिवक्ता नवीन केरकेट्टा गारोपाड़ा ग्राम पञ्चायत प्रधानको प्रतिनिधि तथा समाजसेवी रञ्जित प्रधान एवं अन्यान्यको उपस्थिति रहेको थियो। कार्यक्रममा जवाको बीजारोपण गरिएपछि स्थानीय आदिवासी कलाकारहरुले सांस्कृतिक नृत्य गीत प्रस्तुत गरियो। प्रि-करम महोत्सव पालन गर्नुको उद्देश्यबारे आयोजक कमिटीको पक्षबाट हरिहर नागवंशीले मूलतः आदिवासी समाजमा करम पूजाको विशेष महत्व रहेकोले यसलाई अग्रिम रुपमा आज करम पूजाको निम्ति प्रयोग हुने जवा (जमरा)रोपण गरिनको साथै गाउँलेहरुलाई शिक्षामाथि सचेतना गरिएको जानकारी गराएको छ।









