कालेबुङ: कालेबुङको मेला ग्राउण्डमा १५ अगस्तमा हुने स्वाधीनता दिवसको कार्यक्रम अघिदेखि कै सर्वाधिक लोकप्रिय होl यस समग्र कालेबुङ शहर खुबै रमाइलो परिवेशमा रमझमिएको हुन्छl देशको आजादी कालेबुङमा एउटा पर्वको रुपमा पालन गरिन्छl यसै दिनको अवसरमा हु केयर्सले गएको १२ वर्षदेखि यता सडकका असहायहरुलाई पनि सफा बनेर चिटिक्कै पर्ने एउटा छुट्टै प्रथा बसालेको छ। हु केयर्स जो असहायहरूको साहारा बनेर अघि आएको छl आज पनि कालेबुङ शहरका असहायहरुलाई हु केयर्सका कोअर्डिनेटरद्वय सिनोरा नाम्चु र प्रितिका राईको अगुवाइमा सरसफाइ गरि नयाँ कपडा लगाएर चिटिक्कै पारिएको छ। उनीहरू पनि देशको स्वाधीनता दिवसमा सबै नागरिकहरूका साथमा रमाउने छन् भन्ने सोंच हु केयर्सको रहेको छ।












