जलपाइगढी। जलपाइगढीको एउटा स्वयंसेवी संस्थाले भारत-बंगलादेश सीमाको दुर्गम ग्रामीण क्षेत्रका माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि विशेष पहल गरेको छ। संस्थाका सदस्यहरूले सीमावर्ती क्षेत्रका परीक्षार्थीहरू समयमै परीक्षा केन्द्रमा पुग्नेगरी निःशुल्क टोटो सेवा सुरु गरेका हुन्। आजदेखि राज्यभरी माध्यमिक परीक्षा सुरु भएको छ। यो विद्यार्थीको जीवनको पहिलो परीक्षा हो। भारत–बंगलादेश सीमा क्षेत्रका धेरै विद्यार्थीहरू दुर्गम ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका छन्। दुर्गम ग्रामीण क्षेत्रमा परीक्षार्थीहरूलाई यातायात गर्नकुनै समस्या नहोस् भन्ने उद्देश्यले ग्रीन नामक संस्थाले निःशुल्क टोटो सेवा सुरु गरेको संस्थाका तर्फबाट अंकुर दासले बताएका छन्। सो संस्थाका कार्यकर्ता सानेका रोयले दुर्गम ग्रामीण क्षेत्रका परीक्षार्थीहरुलाई आज बिहान परीक्षा केन्द्रमा कलम प्रदान गर्दै शुभकामना दिएको थप जनाएका छन्।









