नयाँ दिल्ली, २ फरवरीः सऊदी अरबको क्लब अल नस्रले मेजर लीग सकरको क्लब इण्टर मियामीलाई ६-०-ले पिट्यो। अल नस्रका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डोले चोटले गर्दा म्याचमा हिस्सा लिएनन् जबकि इण्टर मियामीका स्टार फूटबलर लियोनल मेस्सी पनि प्रथम एकादशमा थिएनन्। यी दुवै म्याचको अवधि स्टेडियममा चाहिँ उपस्थित थिए। रोनाल्डोको चोटले गर्दा नै अल नस्रले गत हप्ता दुईवटा म्याचको निम्ति चीन यात्रा रद्द गर्नु परेको थियो। यसपाली उनले आफ्नो चीरप्रतिद्वन्द्वी मेस्सीको टीम इण्टर मियामी विरुद्ध पनि खेल्न सकेनन्। म्याचमा आफ्नो टीमको उत्कृष्ट प्रदर्शनपछि रोनाल्डोलाई मुस्कुराईरहेको देखियो जबकि मेस्सीलाई चाहिँ म्याचपछि दर्शकहरूले ६ गोलको इशारा गरेर जिस्काए।

रोनाल्डो र मेस्सीले मिलेर १३ पल्ट बेलोन डीओर पुरस्कार जितेका छन्, जसमा अर्जेण्टिनाई फूटबलर एक्लैले आठपल्ट पुरस्कार जितेका छन्। बिहीवार राति सऊदी अरबको किंगडम एरेनामा खेलिएको म्याचमा अल नस्रको तर्फबाट ब्राजीलका खेलाड़ी तालिस्काले ह्याट्रिक गरे। उनले १०औं, ५१औं र ७३औं मिनटमा गोल गरे। यसबाहेक ओटाभियोले तेस्रो, एमेरिक लापोर्तेले १२औं र मोहामेद मारानले ६८औं मिनटमा गोल गरे। मेस्सी सब्स्टीट्यूड खेलाड़ीको रूपमा मैदानमा ओर्लिए पनि टीममा लुईस सुआरेज, सर्जियो बुस्केट्स र जोर्डी अल्बा जस्ता खेलाड़ी रहेका थिए। यी सबैले मिलेर पनि टीमलाई हारबाट बचाउन सकेनन्। इण्टर मियामी अहिले मेजर लीग सकरको आउँदो सीजनको तयारीमा जुटेको छ, जुन २१ फरवरीदेखि शुरु हुनेछ। इण्टर मियामीले अब हंगकंग र जापानको क्लबहरूसँग पनि म्याच खेल्नेछ।









