स्वच्छता नै सेवा अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनमा सर सफाई कार्य सम्पन्न

IMG-20231001-WA0256.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको विभिन्न स्थानहरूमा स्वच्छता नै सेवा इ अन्तर्गत सर सफाई गरिएको छ। स्वच्छ भारत अभियानको कार्य अन्तर्गत तीन रोहिणी टोल प्लाजा क्षेत्र, सिलिम हिल, घैयाबारी स्वास्थ्य केन्द्र परिसर, नयाँ कमानको प्राथमिक पाठशाला परिसरमा विभिन्न स्वनिर्भर दलहरूतका सहयोगमा सर सफाई गरिएको छ। विशेष रोहिणीको टोल प्लाजा छेउ चारवटा ठाउँहरुमा गाडीबाट महिला फ्याँकने गर्दछ जसलाई रोकथामको निम्ति घैयाबारी ग्राम पञ्चायत तीनका प्रधान सुष्मा वाईबा उपस्थित भई गाड़ीका चालकहरुलाई मैला नफ्याँकने अपिल गरेकी छन्।

घैयाबारी ग्राम पञ्चायत तीनको विभिन्न क्षेत्रमा स्वच्छता नै सेवा अन्तर्गत सर सफाई गरिएको धिरेन प्रधानले जानकारी गराएका छन्। उनले बताए अनुसार यस सफाई कार्यमा स्वनिर्भर दलहरूका सदस्याहरू साथै भीएसटी टिमका सदस्याहरू उपस्थित थिए। यसको साथै नयाँ कमानको सफाई कार्यमा पञ्चायत सदस्य अनिल तामाङ पनि उपस्थित थिए। उक्त सफाई विषयमा घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबाले विस्तृत रूपमा बताएका छन्।

About Author

Advertisement